२०८३ असार १३ गते शनिवार

घोराहीबाट साढे २ लाख बढी रकमसहित ७ जुवाडे पक्राउ

तुलसीपुर, मंसिर २ । प्रहरीले घोराहीवाट साढे दूई लाख बढी रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा भइरहेको भन्ने गोप्य सूचनाको अधारमा मंगलवार विहान ३ बजेतिर घोराही उपमहागनरपालिका वडा नं. १६ मुनाटोल निवासी  ४४ बर्षीय गोपाल भनिने पूर्णराज भण्डारीको घरमा छापा हान्दा नगद दूई लाख ६८ हजार तीन सय १५ रुपैंया सहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । 

पक्राउ पर्ने अनय व्यक्तिहरुमा घोराही १६ निवासी ३६ बर्षीय तेजप्रशाद गिरी, ३८ बर्षीय डम्मर डिसी, ४० बर्षीय शिवराज भनिने प्रेमराज भण्डारी र २८ बर्षीय बिबेक भण्डारी रहेको चन्दले बताए । त्यस्तै  घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र  २७ बर्षीय अजय भुसालपनि उक्त जुवाको खालवाट पक्राउ परेको एसपी चन्दले जानकारी दिए ।  

भण्डारीको घरमा जुवा भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा  विहान तीन बजे प्रहरी गएर छापा हानेको प्रहरीले जानकारी दिएको छ ।   

उनीहरुको साथवाट खोलेको ६ गड्डी तास बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु विरुद्ध जेवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *