२०८३ असार १२ गते शुक्रवार

बाँकेमा स्कार्पियोको ठक्करवाट साईकल यात्रुको मृत्यु

दाङ, मंसिर २ । बाँकेमा स्कार्पियोका ठक्करबाट एक जना साईकल यात्रुको मृत्यु भएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सौंरी कुसुम निवासी ६२ बर्षीय दिलबहादुर लुङगेली मगरको  मृत्यु भएको छ । 

साईकलमा सवार उनलाई तिहारको अघिल्लो दिन साँझ बा १२ च ३६२४ नम्वरको स्कार्पियोले सौंरीमा ठक्कर दिएको थियो । 

मगरलाई उद्धार गरि कोहलपुर मेडिकल कलेज पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कुुसुमका प्रमुख सइ लक्ष्मण डाँगीले जानकारी दिए । 

उनको शव अझैं कोहलपुर मेडिकल कलेजमा छ । मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने बारेमा मंगलवार विहान इप्रका कोहलपुरमा छलफल सुरु हुने लागेको प्रहरीले बताएको छ । चालक र स्कार्पियो प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *