२०८३ असार १३ गते शनिवार

गाई तस्करी गर्न थालेको आशंकामा एक पक्राउ

थप ७/८ जना फरार

तुलसीपुर, कात्तिक २७ । दाङको तुलसीपुरवाट गाई ÷ गोरुको तस्करी गर्न थालेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् ।

थप ७÷८ जना भने भाग्न सफल भएका छन् ।

पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.३ बुढागाउँका ५३ बर्षीय पोष्कर केसी रहेका छन् ।

उनलाई बिहीवार विहान ३ बजेतिर तुलसीपुरको बसपार्कवाट स्थानीयले आधा दर्जन जति गाई गोरु हानेर लैजाँदै गरेको अवस्थमा पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

विश्व हिन्दु युवा संघका दाङ जिल्ला अध्यक्ष दिनेश जंग शाहको नेतृत्वमा गाई गोरु संकलन गरि लैजान लागेको देखेपछि सोधपुछ गर्ने क्रममा अन्य भने भाग्न सफल भएको शाहले फरककोणलाई बताए ।

‘ विहान ४ बजेतिर बसपार्कमा ७÷८ जनाले गाई गोरु लखेट्दै गरेको देखेपछि हामीले आशंका लागेर सोधपुछ गर्न खोज्दा अन्य भाग्न सफल भए,’ शाहले भने ‘ तर, एकजना अलि पाको उमेरका व्यक्तिलाई भने हाम्रो साथीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन।’

विश्व हिन्दु युवा संघले जिल्लामा भइरहेको अवैद्य गाई गोरुको तस्करी रोक्न प्रहरी प्रशासनलाई आग्रह गर्दापनि नरोकिनुले आशंका पैदा भएको बताए ।

पक्राउ परेका व्यक्तिले प्रहरी र स्थानीय युवा समक्ष आफुले गाई संकलन गरि तस्करहरुलाई दिने गरेको बताएको भएपनि पत्रकारसंग भने आफुले पाल्नको लागि गाई रोल्पा लैजान खोजेको बताएका छन् ।

उनले भाग्ने अन्य ६÷ ७ जना व्यक्तिहरुलाई आफुले नचिनेको दाबी गरेका छन् ।

ती सबै व्यक्तिहरु मिलेर बसपार्क क्षेत्रमा एकाविहानै गाई गोरु संकलन गरि धपाउँदै उत्तर तर्फ लैजाँदै गरेको अवस्थामा फरार भएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *