भालुवाङ, कार्तिक २६ । अबरुद्ध लमही– भालुवाङ सडक खण्ड झण्डै चार घण्टापछि खुलेको छ ।
प्रहरी र पिडित पक्षबीच सहमतिमा पिडितपक्षलाई तत्काल क्रिया खर्च उपलब्ध गराउने , क्षतिपुर्ति दिलाउने तथा प्रचलित कानुन बमोजिम ट्रक चालकलाई हदै सम्मको कानुनी कार्वाही गर्ने सहमति पछि राजमार्ग खोल्न पीडित पक्ष सहमत भएका हुन ।
राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटको जनकपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएपछि स्थानीय तीन किशोरको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि बुधवार विहान करिव करिब ९ बजेदेखि पिडित पक्षले राजमार्ग बन्द गरेका थिए । सडक खण्ड दिउँसो करिब १ बजेपछि खोलिएको हो ।
छलफलमा प्रहरी, स्थानीय जनप्रतिनिधि र पिडितपक्षको सहभागिता थियो ।
सहमति अनुसार कानुनी प्रक्रिया अगाडि नबढाए वा क्षतिपूर्ती दिन, क्रियाखर्च दिन आलटाल गरे ट्रक सवारी चालकलाई हदै सम्मको सजाय मागदाबी गर्ने भएको छ ।
उक्त छलफलमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक सुमित खड्का, राप्ती गाउँपालिका वडा नं। का वडाध्यक्ष जगतबहादुर थापा, ४ नम्बर वडाध्यक्ष बिष्णुबहादुर घर्ती क्षत्री, ५ नम्बर वडाध्यक्ष गोबद्धन रावत, ८ नम्बर वडाध्यक्ष गोकर्णबहादुर रानामगर, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्ट, पीडितको तर्फबाट मृतक दिनेश घर्ती मगरका काका अमृत घर्ती मगर, मृतक मनोज गाहाका बुवा टुकलाल गाहा, मृतक कसम पुनका बुवा जितराज पुन, सन्तोषबाबु पुनमगर, स्थानीय समाजिक अगुवाहरु लक्ष्मण सारुमगर, रामबहादुर मल्ल, हरि भुसाल लगायतको सहभागिता थियो ।
मंगलवार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कमलरोडका १६ वर्षका मनोज गाहा, सोही गाउँपालिका वडा नम्बर २ लालमटियाका १८ वर्षका कसम पुन र वडा नम्बर ८ पिपरीका १८ वर्षका दिनेश घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।
फरार ट्रक चालक बुधवार विहान गोरुसिंगेवाट पक्राउ परेका थिए ।