२०८३ असार १३ गते शनिवार

सवारी दूर्घटनामा मारिने तीन किशोरको पहिचान खुल्यो

मृतक सबै राप्ती गाउँपालिकाका

तस्विर – सञ्तोष कुमार गुप्ता

तुलसीपुर,कात्तिक २६ । दाङमा मंगलवार बेलुका ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मृत्यु भएका तीनै जना किशोरको पहिचान खुलेको छ । मृतक सबै दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाका किशोरहरु रहेका छन् ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका १६ बर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ बर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ बर्षकै दिनेश घर्ती रहेको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार  मोटरसाईकल १६ बर्षीय मनोज गाहाले हाँकेका थिए । 

पूर्व–पश्चिम राजमार्ग  अन्तरगत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा मंगलवार बेलुका पौने ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन किशोरको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाईकल पूर्वबाट पश्चिम तर्फ आइरहेको थियो भने ट्रक पश्चिमबाट पूर्व भालुवाङ तर्फ जाँदै थियो । 

प्रहरी स्रोतका अनुसार मोटरसाईलक चालक संग सवारी चालक अनुमति पत्रपनि थिएन । 

दूर्घटना पछि घाइते तीनै जनालाई उपचारका लागि लमही अस्पताल पु¥याए लगतै चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । तीव्र गतिका कारण उक्त दूर्घटना भएको अनुमान प्रहरीले गरेको छ । 

दूर्घटना पछि ट्रकपनि सडक किनारमै पल्टिएको छ । ट्रकका चालक भने दूर्घटना लगतै फरार भएका छन । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *