२०८३ असार ११ गते बिहिवार

ट्रान्समिटर जडान,अध्यारोबाट मुक्ती

दिप्तीशिखा चौधरी

दंगीशरण,कार्तीक १८ ।  दंगीशरण गाउँपालिकाका नागरीक बर्षौ देखि कम भोल्टेजको विजुली बाल्ने समस्या बाट मुक्त भएका छन् ।

बर्षौ देखि कम भोल्टेजको बत्ती बालेर हैरान भएका नागरीकहरु अव भने यो समस्याबाट मुक्त भएका हुन् ।

तुलसीपुर विधुत प्राधिकरणसंग समन्वय गरेर १ सय केभि वाटको ट्रान्समिटर जोडिए पछि दंगीशरणको १, २ र ७ न। वडाका नागरीकहरुलाई सहज भएको हो ।

दंगीशरणको वडा न। ७ बुटनीया र बाकाँमा गरी दुई वटा ट्रान्समिटर जोडिएको हो भने वडा न। २ सरुवाडाँडामा एक वटा र वडा न। २ छर्कट्टामा लिफ्ट सिचाई परियोजनाका लागि एक वटा, वडा न। ५ मा एक वटा र वडा न। ६ बागरमा १ वटा गरि ६ वटा ट्रान्समिटर जोडिएको हो ।

केहि दिन अघि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, गाउँपालिका प्रवक्ता एंव ७ न। वडा अध्यक्ष विर बहादुर वली, नेकपा गाउँपालिका अध्यक्ष भरत अधिकारी, नेकपा जिल्ला सदस्य एम।एन।शाह लगाएतको टोली तुल्सीपुर विधुत प्राधिकरणमा गएर ट्रान्समिटरको माग गरेको थियो ।

कम भोल्टेजका कारण बर्षौ देखि दंगीशरणका नागरीक मोबाईल चार्ज गर्ने, विधार्थीहरुलाई पढ्नमा समस्या र रातीको समयमा कुनै पनि काम गर्न समस्या हुने गरेको त्यँहाका नागरीकहरुले बताएका छन् ।

“टुकी बालेको भन्दा पनि मधुरो बत्ती बल्थ्यो अव भने यो समस्या ट¥यो स्थानीय तहका जनप्रतिनिधिलाई धन्यवाद छ” एक नागरीकले भने ।
यता दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकाका कुनै पनि नागरीक अध्यारोमा बस्न नपाउँने बताएका छन् ।

कुनै पनि वडा, गाउँ वा टोलमा विधुतको समस्या भएमा त्यस्को समस्या तत्काल गर्ने बताए । वडा न। १ को फुर्केसल्ली सम्म विधुत पुग्न नसकेको बताउँदै त्यो पनि प्रक्रियामा गईसकेको बताए । अहिले खर्काकोटि हाउँरे सम्म पोल तथा तार जोड्ने कार्य भने सम्पन्न भएको उनले बताए । “यहि बर्ष काम सम्पन्न हुनेछ ।”अध्यक्ष चौधरीले भने ।

यस्तै गाउँपालिकामा विधुत नपुगेको ठाउँमा विधुत जडानका लागि २ सय पोल तार टेण्डर भईसकेको गाउँपालिका प्रवक्ता विर बहादर वलीले जानकारी दिए ।

“यो बर्षमा विधुत नपुगेको सबै ठाउँमा विधुत पु¥याउँने लक्ष्यका साथ काम भईरहेको छ । ”प्रवक्ता वलीले भने । दंगीशरणको विकट वडा वडा न। १ का बर्षौ देखि टुकीको उज्यालोमा बस्दै आएका फुर्केसल्लीबासीहरु विधुतको पखाईमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *