२०८३ असार १० गते बुधवार

चौपट्टामा ट्रक दूर्घटना ः चालकको घटनास्थलमै मृत्यु, सहचालकसहित दूई गम्भीर घाइते

दाङ,कात्तिक १६ । दाङमा आइतवार बेलुका भएको ट्रक दूर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ । सहचालक र अर्का एक युवा गम्भीर घाइते भएका छन् ।

दूर्घटना परि ट्रकका चालक ३५ बर्षीय प्रकाश परियारको घटनास्थलमै मृत्यु भएको छ । चालक परियार बाँके निवासी रहेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

उक्त दूर्घटनामा परि ट्रकका सहचालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ निवासी २२ बर्षीय नविन केसी र पहिचान खुल्न नसकेका अन्दाजी ३० बर्षका अर्का एक युवक गम्भीर घाइते भएको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले फरककोणलाई बताए ।

घाइते दुबै जनालाई उद्धार गरि तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

घाइते मध्य पहिचान खुल्न नसकेका अन्दाजी ३० बर्षीय पुरुषलाई बाँके रिफर गरिएकोमा बाँके बाट पुनः बुटवल रिफर गरिएको जानकारी दिइएको छ ।

घोराहीवाट लमही तर्फ जाँदै गरेको ना ६ ख ६२० नम्वरको ट्रक बेलुका साढे ८ बजेतिर घोराही उपमहानगरपालिपका वडा नं। ३ चौपट्टामा दूर्घटनामा परेको थियो ।

दूर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उक्त ट्रक पिठो बोकेर घोराहीवाट काभ्रेको बनेपा तर्फ जाँदै थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *