२०८३ असार १३ गते शनिवार

घोराहीमा प्रहरीले १ सय ४२ ड्रम जाँड नष्ट गर्यो


दाङ, कात्तिक १६ । दाङ प्रहरीले आइतवार घोराहीमा ठूलो परिमानमा घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेकाली क्षेत्रवाट जाँड १ सय ४२ ड्रम नष्ट गरेको छ । जो लिटरमा मापन गर्दा झन्डै ४ हजार ५० लिटर हुन जान्छ । त्यस्तै प्रहरीले थप ४० लिटर घरेलु मदिरापनि नष्ट गरेको छ ।

त्यसका साथै घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाँडा आठ सेट बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

आउँदै गरेको तिहार लगाएत चाड पर्वलाई मध्यनजर गर्दै फुर्सेकाली क्षेत्रका विभिन्न व्यक्तिको घरवाट उक्त परिमानमा मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको डिएसपी खड्काले बताए ।

घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण तीव्र पारिएको भन्ने गोप्य सूचनाको आधारमा स्थानीयका घरहरुमा खान तलासी गर्दा ती सामाग्री बरामद भएको र त्यसपछि ती सामाग्री नष्ट गरिएको प्रहरीले बताएको छ । राज्यको नीतिमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैरकानुनी मान्दै आएको छ । त्यसैले त्यसको उत्पादन र विक्रि वितरणमा समेत रोक लगाउँदै आइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *