काठमाडौं,कात्तिक १६ । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३ हजार ६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।
आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ।
आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
