२०८३ असार ११ गते बिहिवार

रुपन्देहीमा ९५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु

बुटवल,कात्तिक १५ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

जिल्लाका ७९ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।

कूल ६ हजार १८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६१६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०।९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १.२८ प्रतिशत छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *