दाङ, कात्तिक ८ । आफ्नै बाबुलाई घरको छतवाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिवार विहान आफ्नै ४५ बर्षीय बुवा बालाराम बिकलाई घरको छतवाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रवार राति पौने १२ बजेतिर घरायसी सामान्ने विवादका क्रममा छोराले बाबुलाई घरको छतवाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना बारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
