
तस्विर – भेषराज डाँगी ।
तुलसीपुर, कात्तिक ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष स्वर्गिय गम्मरबहादुर न्यौंपानेको १३ औं दिनको पुन्य तिथिको अवसरमा शोक सभा गरिएको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्वर ३ ले स्वर्गिय वडाध्यक्ष न्यौंपानेको मजघटुवास्थित निवासमा बुधवार शोक सभा गरेको हो ।
नेपाली काँग्रेसका दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षता र नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आथित्यमा शोकसभा भएको हो ।
शोक सभालाई तुलसीपुर वडा नं. ७ का वडाध्यक्ष टोपबहादु केसी, वडा नं. १६ का वडाध्यक्ष थलराज पुरी, वडा नं. १४ का वडाध्यक्ष परशुनारायण चौधरी, वडा नं. २ का अध्यक्ष राजु आचार्य, जिल्ला सदस्यहरु तारा कार्की, हरिहर पौडेल, क्षेत्रीय प्रतिनिधिहरु देवेन्द्र रिजाल, गणेश खड्का, एकराज आचार्य, महासमिति सदस्य देविका नेपाली, महिला संघकी क्षेत्रीय सचिव नारायणी देवकोटा लगाएतले सम्वोधन गरेका थिए ।
बक्ताहरुले वडाध्यक्ष न्यौंपानेको असमाहिक र अकल्पनिय निधनले नेपाली काँग्रेसलाई अपुरनिय क्षति भएको बताएका थिए । उनीहरुले एकजना विकाश प्रेमी, छलकपट रहित र सादकी नेता एकजना अभिभावक गुमाउँदा वडाबासीका साथै नेपाली काँग्रेसले मर्माहत बनेको धारणा राखे ।
वडामा सडक, खानेपानी, विजुली बत्ति र सिंचाईका लागि वडाध्यक्ष न्यौंपानेले खेलेको भूमिका अविस्मरणिय रहेको बक्ताहरुको भनाई थियो । नेपाली काँग्रेसका नेता तथा स्वर्गिय वडाध्यक्ष न्यौंपानेले देखाएको बाटोको सही रुपमा अनुशरण गरेमा मात्रै काँग्रेस सबैको प्रिय पार्टी बन्नेमा बक्ताहरुको जोड दिएका थिए ।
परिवारको तर्फवाट स्वर्गिय न्यौंपानेका भाइ सिताराम केसीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा वडाबासी भेषराज डाँगीले गरेका थिए ।
