दाङ,कात्तिक ५ । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सरकारविरूद्ध विरोध पर्दशन गर्ने भएको छ ।
उस्ले कात्तिक १५ गतेदेखि देशव्यापी रुपमा विभिन्न विरोध कार्यक्रमको घोषणा गरेको छ।
तीन दिनका विरोध कार्यक्रमहरू अन्तरगत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण र २० गते विरोध जुुलुस निकाल्ने विप्लवले जानकारी दिएका छन् ।
विप्लबले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले कोरोना भाइरसको परीक्षण र उपचार निशुल्क गर्नुपर्ने अवस्थामा सरकार त्यो बाट पञ्छिुनुलाई निकृष्ट तथा अमानविय कार्य भनिएको छ ।
विप्लवले सबै नेपालीको निशुल्क परीक्षण र उपचारको माग पनि गरेका छन् ।
त्यस्तै अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न विप्लवले माग गरेका छन् ।
उनले संकटको समयमा जनताको स्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिदै संकटलाई सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
