२०८३ असार १० गते बुधवार

तुलसीपुरकी ७ बर्षीया बालिकाको डुवेर मृत्यु


तुलसीपुर,कात्तिक ४ । तुलसीपुर निवासी एक बालिकाको डुवेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीया छोरी र्कीतिका चौधरीको बबई नदीमा डुबेर मंगलवार दिउँसो मृत्यु भएको छ ।

आमा लुगा धुन गएपछि छोरीपनि उनी संगै बबईमा गएको र आमा लुगा धुन व्यस्त रहेको समयमा बालिकाको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फरककोणलाई बताए ।

‘ आमा लुगा धुन व्यस्त भएपछि छोरी नुहाउने क्रममा अलि गहिरोमा पुगेपछि डुबेको अवस्थमा उद्धार गरि उपचारका लागि तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ,’ डिएसपी सिंहले भने । आवश्यक सावधानी नअपनाउँदा बालिकाको नुहाउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *