दाङ, कात्तिक ४ । प्यूठानमा भएको बस दूर्घटनामा परि दाङका एकजनाको मृत्यु भएको छ ।
दूर्घटनामा परि दाङको घोराही निवासी बसका चालक तथा साहु तारा रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुनिल मल्ले जानकारी दिए ।
तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्।
माण्डवी गाउँपालिका १ गोलवाङमा मंगलवार विहान साढे ९ बजेतिर दाङतर्फ आउन लागेको ना ४ ख ५५६१ नम्बरको बस दूर्घटनामा परेको थियो ।
उक्त दूर्घटनामा परि प्युठानको माण्डवी – १ तिराम निवासी ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका निवासी ३० वर्षीया बसन्ता बिक घाइते भएका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि दाङ पठाइएको प्यूठान प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार