२०८३ असार १० गते बुधवार

झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ


दाङ, कात्तिक २ । झन्डै १ लाख ३८ हजार रकमसहित घोराहीवाट ५ जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३० बर्षीय प्रबिण खत्री , सोही ठाउँका ३५ बर्षीय दिलबहादुर घर्ती मगर, ४० बर्षीय हेमन्त बुढाथोकी, ४९ बर्षीय भरत जिएम र २७ बर्षीय गोविन्द शाह जुवाको खालवाट पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

प्रबिण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिवार राति ९ बजेतिर छापा मार्दा उनीहरु पक्राउ परेको डिएसपी खड्काले बताए । उनीहरुको साथवाट १ लाख ३७ हजार ९ सय ४० रुपैंया नगद, खेलिरहेको २ गड्डी तास र नखेलेको थप १० गड्डी तास बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरु माथि आवश्यक अनुसन्धान भइरहेको र जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारवाही थालिने डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *