झापा, कात्तिक २ । स्थानीय प्रशासनले आइतवार राति ८ बजेदेखि लागु हुने गरि झापामा पुनः निषेधाज्ञा जारी गरेको छ ।
त्यो निषेधाज्ञा कोजाग्रत पूर्णिमा सम्म जारी गरिएको छ ।
स्थानीय प्रशासनले यो अवधिमा हिंडडुल गर्न, सवारी साधन चलाउन तथा व्यापार व्यवसाय चलाउन प्रतिवन्ध लगाएको छ ।
जिल्लाका कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि पुनः स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
दशैंको टिका जमरा र आर्षिवाद थाप्न सर्वसाधारणको ओहोर दोहोर हुन सक्ने र त्यसले संक्रमन थप बढ्ने आशंका गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
