काठमाण्डौ,असोज ६ । मन्त्रिपरिषद् बैठक अहिले चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको हो ।
बैठकले मन्त्रिपरिषद् हेरफेर गर्ने संभावना छ । सत्तारुढ नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन ।
अस्ति आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो । नेकपाको सचिवालय बैठक दिउँसो साढे १२ बजे बालुवाटारमा बस्ने तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
अस्तिको सचिवालय बैठकमा मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि मापदण्डका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।
प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
