२०८३ असार १२ गते शुक्रवार

तुलसीपुरबाट ३ महिनामै ट्याक्टरलाई कारवाही गर्दा १७ लाख जति राजश्व संकलन

राजेश खत्री,
तुलसीपुर, भदौ २६ । तुलसीपुरमा तीन महिनाको अवधिमै खोला जन्य बस्तुको चोरी गर्ने ट्याक्टरहरुलाई कारवाही गर्दा १७ लाख जति राजश्व संकलन भएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुखको रुपमा डिएसपी शिवबहादुर सिंह आएपछि बालुवा गिट्टीको चोरी निकासी गर्ने कार्यमा संलग्न ट्याक्टर माथि कडा निगरानी राखिएको छ ।

यो अवधिमा तुलसीपुर क्षेत्रवाट बालुवा गिट्टीको चोरी निकासी गर्ने ६७ वटा ट्याक्टर कारबाहीमा पर्दा १७ लाख जति राजश्व संकलन भएको डिएसपी सिंहले फरककोणलाई बताए । अघल्ला बर्षहरुमा बालुवा गिट्टी कारवाहीमा बार्षिक रुपमा समेत यति धेरै राजश्व संकलन भएको हुँदैन थियो । खोला जन्यबस्तुको व्यापक चोरी निकासी भइरहेको भन्ने गुनासोको आधारमा दशवटा प्रहरी टोली खटाएर कारवाही गर्दा तीन महिनाको अवधिमा उक्त राजश्व संकलन भएको डिएसपी सिंहले बताए ।

नियम अनुसार असोज १ गते भन्दा अगाडि कुनैपनि साधन खोला तथा नदीमा प्रवेश गर्न पाउँदैनन् । तर यहाँ तस्करहरु धमाधम सेटिङ मिलाएर चोरी गर्ने कार्यमा तल्लिन रहेको आरोप लाग्ने गर्छ । बालुवा गिट्टीसहित पक्राउ परेको एउटा ट्याक्टरले कारवाही स्वरुप २५ हजार जरिवाना तिर्ने गर्छन ।

यसका साथै पछिल्लो समय अनाधिकृत रुपमा चोरी गरेर कतै थुपारेर राखेको (स्टक माल) समेत प्रहरीले स्थानीय सरकारको सहयोगमा उठाउन थालेको छ । ‘अनाधिकृत रुपमा चोरी गरेर थुपार्नेहरुलाई तह लगाउन यस्तो अभियान थालिएको हो,’ डिएसपी सिंहले भने ‘ अब कुनैपनि व्यक्तिले अनाधिकृत रुपमा कुनैपनि काम गर्न पाउने छैन ।’



प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *