२०८३ भाद्र ९ गते मङ्गलवार

दाङमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

शिवु खनाल,दाङ,साउन ३२ । मोटरसाइकल दुर्घटनामा दाङमा २ जनाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरी र सोहि ठाउँ निवासी २७ वर्षिय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

उनीहरु लु ५७ ११०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । गए राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदिको पुल जो वडा नम्बर ४, ५ र ६ को सिमाना जुधेको सानो राप्ती नदि पुलमा मोटरसाइकल ठक्कर खाएर दुबै जना नदिमा खसेको प्रहरीले बताएको छ ।

शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *