
लक्ष्मण बस्नेत,
माघ २० दाङ। तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को तयारी लाई तिब्र पारिएको छ ।
तुलसीपुर उपमहानगरपालिका को आयोजना तथा सहिद स्मृति आबासिय विद्यालय तुलसीपुर १७ बनकट्टीको संयोजनमा यहि माघ २४ गते देखि सुरु हुने प्रतियोगिता को तयारी स्वरुप खेलमैदान मर्मत, ट्रयाक एण्ड फिल्ड निमार्ण,आर्थिक तथा प्राबिधिक ब्यबस्थापन, प्रचार प्रसार लगाएत कार्यलाई तिब्र पारिएको प्रतियोगिता का सचिवालय सदस्य माधव महराले जानकारी दिए ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने महरा ले बताए ।
प्रतियोगितामा तुलसीपुरनगर क्षेत्र का सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहनेछ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।
यसैबिच प्रतियोगिता को सयोजनको जिम्मा पाएको सहिद स्मृति आबासिय विद्यालयले प्रतियोगितामा सहभागी हुने विद्यालयलाई माघ २३ गते सम्म खेलाडिहरु को सम्पुर्ण बिवरण प्रतियोगिता स्थल एवं सचिवालय मा पेश गर्न आग्रह समेत गरेको छ ।
