२०८३ मङ्सिर ८ गते सोमवार

कपिलबस्तुमा अनिश्चितकालिन कर्फ्यू – प्रहरीको गोली लागेर एकजनाको मृत्यु

दाङ,कात्तिक १४ । कपिलवस्तुमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीको  गोली लागेर स्थानीय सुरज कुमारपाण्डेको घटनास्थलमै मृत्यु भएको अल नेपाल मुश्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले जानकारी दिए ।

कृष्णनगर नगरपालिका वडा नं. २ मडाहा गाउँ निवासी २० बर्षीय सुरज पाण्डेको विहीवार विहान प्रहरीले चलाएको गोलि लागेर मृत्युुभएको उनले बताए । तर प्रहरी भने पाण्डेको मृत्युबारे अनभज्ञता प्रकट गरेको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता तथा डिएसपी नवराज पोखरेलले १२ सेल अश्रग्याँस हानेपनि त्यो भन्दा बढी खवर कपिलबस्तु बाट नआएको प्रतिक्रिया दिए ।

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्न खोज्दा प्रहरीले पाण्डेमाथि गोली चलाएकोप्रत्यक्षदर्सीले बताएका छन् ।

लक्ष्मी पूजाको मूर्ती बिर्सजन गर्ने सवालम कृष्णनगरमा हिन्दु र मुसलमान काबीच विवाद पछि  झडप भएको हुँदा स्थिति नियन्त्रणमा लिनस्थानीय प्रशासनले बुधवार बेलुकादेखि अनिश्चितकालिन कफ्यू लगाएको थियो ।

स्थानीय प्रशासलने फेरि विहीवार विहन ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेशजारी गरेको छ। कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागुगरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *