
शरद रेग्मी,
दाङ, अशोज १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी १४ बर्षीय विशाल चौधरीलाई भारतबाट उद्धार गरे घर ल्याउने टोलिलाई धन्यवाद ज्ञापन गरिएको छ । तुलसीपुर ७ हलवार निवासी भिनाजु नातापर्ने काजु चौधरीले बालक विशाललाई ललाई फकाई भारतको हिमाचल प्रदेशको श्रम शिविरमा पु¥याएका थिए ।
जहाँ उनले अतेन्तै कष्टकर जीवन व्यथित गर्दै आएका थिए । त्यो कुरा थाहाँ पाएर सिमलामाबाट उद्धार गरेर ल्याउनले जुम्ला जिल्लामा घर भई हाल ललितपुरमा बस्दै आएका प्रतिक विष्ट (अमर), समाचार लखेर विशालको अवस्था सार्वजनिक गर्ने कञ्चनपुुरका पत्रकार दिपेन्द्र बस्नेत र प्रेस युनियन कैलालीका अध्यक्ष श्रवन देउवा लगायतको टिमलाई रिपोर्टसले धन्यवाद ज्ञापन गरेको छ ।
त्यसक्रममा प्रतिक बिष्टले धेरै मेहनत र समन्वय पछि बिशालले काम गरिरहेको स्थानमा पुग्न सफल भएको बताए । उनले हालसम्म भारतमा बेचिएका ३५ जना बालबालिका र महिलाको उद्धार गरेको बताए । उनले बालबालिकालाई ललाई फकाई भारत लैजाने अनि विभिन्न श्रम शिबर र कोठिहरुमा पु¥याउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरे ।
कार्यक्रममा रेडियो सञ्जिवनि एफएमका सहायक म्यानेजर चेतन रेग्मी ,चलचित्र पत्रकार संघ दाङका सचिब सञ्तोष केसी लगायतले उद्धारमा खटिएका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गरेका हुन ।
यो पनि पढ्नुहोस
विशालको इच्छा विपरित फकाएर जन्मदिने आमाको घर पठाइयो
जस्ले विशाल चौधरीलाई भारतवाट उद्धार गरि तुलसीपुर ल्याइदिए