२०८३ असार १३ गते शनिवार

विशालको इच्छा विपरित फकाएर जन्मदिने आमाको घर पठाइयो


दाङ, भदौ ३१ । भारतको हिमाचल प्रदेशबाट उद्धार गरि दाङस्थित घर ल्याएका १४ बर्षीय विशाल चौधरीलाई फकाएर जन्मदिने आमाको घरमा पठाइएको छ । जहाँ जान विशाल मानिरहेका थिएनन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी १४ बर्षीय विशाल चौधरीलाई मंगलवार सहायक सिडियो, डिएसपी, अधिकारकर्मी, तुलसीपुर उपमहानगरपालिका निमत्ति प्रमुख लगाएले संझाई बुझाई गरि जन्मदिने आमा माया चौधरीले दोस्रो विवाह गरेको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरुवामा पठाइएको छ । विशाल त्यहाँ पुग्दा गाउँका मानिसहरु उनलाई हेर्न भेला भएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यकक्षामा मंगलवार दिउँसो विशाल आमासंग नजाने भन्दै अँस्रुधारा रोएका थिए । यद्यपी ५ महिना पछि भारतको हिमाचल प्रदेशवाट उद्धार गरि ल्याइएको आफ्नो छोरा देख्ने वित्तिकै ३१ बर्षीया माया चौधरी त्यसैगरी अँस्रधारा रोएकी थिइन । तुलसीपुरको कार्यकक्षमा उद्धारकर्ताले विशाललाई आमाको जिम्मा लगाउन हात थामईदिन खोज्दा विशाल त्यसरी अँस्रुधारा रोएका हुन।

विशालको बुवा बौदली चौधरीको हत्या ८ बर्ष अगाडि गाउँमै भएको थियो । हत्याको योजना बुनेको अभियोग विशालकी आमा माथि लागेको थियो । विशालकी आमा उक्त अभियोगमा ६ बर्ष बढी कारागार सजाय भोगेर डेढ बर्ष अगाडि मात्रै रिहा भएकी हुन ।

त्यही भएर बालक विशाललाई आफ्नी आमा प्रति पटक्कै विश्वास नरहेको बताए । हाल आएर उनकी आमा मायाले एक वर्ष पहिले अर्कै व्यक्ति संग विहाह गरेकी छन् । विजौरीमा विशालको जग्गा रहेपनि त्यो पनि मामाको नाममा छ । विशाल आफ्नी विवाहित दिदीको घरमा जाने चाहान्थे । २ बर्ष अगाडि उनको विहे भएको थियो । तर हालसालै उनकी दिदीको पनि दोस्रो विहे भएको पत्ता लागेपछि विशाल त्यहाँ जान पनि संभव भएन ।

त्यसपछि उनले फूपुकी छोरी पर्ने दिदीको घरमा जाने इच्छा जाहेर गरे । तर उनको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भित्र रहेको र त्यस्को नजिकै विशाललाई भारतसंग पुर्याएर श्रमशिविरमा बेच्ने दलाल काजु चौधरीको घर पनि नजिकै रहेको हुँदा त्यहाँ पठाउन अनुपयुक्त हुने निश्कर्ष प्रहरी अधिकारी लगाएत सबैले निकालेका थिए । त्यसपछि प्रहरी अधिकारी, अधिकारकर्मी लगाएत सबैले विशाललाई विश्वास दिलाएर केही दिनका लागि उनकै आमा मायाको साथमा डुरुवा गाउँमा पठाइएको छ ।

यो पनि पढ्नुहोस

जस्ले विशाल चौधरीलाई भारतवाट उद्धार गरि तुलसीपुर ल्याइदिए

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *