
आयरल्याण्ड, भदौ, १९। गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप क्षेत्रीय सहसंयोजकमा शुक्र न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । आगामी १५– १७ अक्टोबरमा काठमाण्डौंमा हुन गइरहेको संघको नवौं संम्मेलनका लागि आयरल्याण्डबाट न्यौपानेले युरोप क्षेत्रीय सहसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
न्यौंपानेको उम्मेदवारीको पूर्ण समर्थन गर्दै प्रस्तावित आईसीसी सदस्य बिनोद कार्की र अध्यक्षपदका पूर्वउपाध्यक्ष बसन्त न्यौपानेले पनि उनलाई विजय गराउन गैरआवासीय नेपालीलाई आव्हान गर्न थालेका छन् ।
विगत १६ वर्षदेखि आयरल्यान्डमा विभिन्न समयमा विभिन्न पेशा व्यवसाय गरेर परिवारका साथ बसेका न्यौपाने नेपालदेखि नै व्यवसाय, समाजसेवा र बिद्यार्थी राजनीतिमा अनुभवी रहेका व्यक्तित्व हुन् । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम (लेक साईड, जुन नेपालको दोश्रो ठूलो पर्यटकीय गन्तव्य पनि हो) मा जन्मिएका न्यौपाने सानैदेखि पारिवारीक होटल व्यवसायदेखि गार्मेन्ट उधोगसम्म र पछी आफ्नै ट्राभल एजेन्सी हुँदै हालपनि आफ्नै होटल र अपार्टमेन्ट व्यवसायमा लगानी गरिरहेका छन् । नेपाली पर्यटन बजारमा नेपाली मौलिकता झल्कने गरि फार्म हाउस रिसोर्ट निर्माण गर्ने भन्दै उनले १७ रोपनी जग्गा लिई सकिएको बताएका छन् ।
एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष समेत रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अंतराष्ट्रिय समिति अन्र्तगत टुरिजम प्रवद्र्धन समितिका सदस्य एवं एनआएनए आयरल्यान्डको संरक्षक छन् ।समाजसेवा तर्फ बैदामस्थित ताल बाराही उच्च माध्यामिक बिधालयको व्यवस्थापन समितिमा उपाध्यक्ष, पोखरा साईवर एसोसिएसनका संस्थापक एवं उपाध्यक्ष रही कार्य गरेको अनुभव छ ।
आयरल्यान्डको राजधानी डब्लिनदेखि ३ सय किलोमिटर टाढा कोर्क शहरलाई आफ्नो स्थायी बसोबास बनाएका न्यौपाने मोफसलमा रहेरपनि अन्य शहरमा समाज स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन् ।
