२०८३ जेष्ठ ३१ गते आइतवार

प्रेस स्वतन्त्रता कुन्ठित गर्ने प्रयास गरे आन्दोलन चर्काउँछौं – उपाध्यक्ष पोखरेल

दाङ,भदौ १४ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरलेलले सरकार संग भएको सहमति अनुसार मिडिया काउन्सिल विद्येक संशोधन नभए आन्दोलन गर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले शुक्रवार तुलसीपुरको शान्ति पार्कमा आयोजित तीज मिनल कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष पोखरेलले राष्ट्रिय सभामा विहीवार पेश भएको मिडिया काउन्सिल विद्येकलाई आँफुहरुले अतेन्तै सचेताता पूर्वक हेरेको बताए ।

पत्रकार महासंघले भने अनुसार विद्येक संशोधन नभएर बलजफती पास गर्ने प्रयास भएमा देशभरी आन्दोलनको आँधिबेहेरी सृजना गर्ने उपाध्यक्ष पोखरेलले चेतावनी दिए । महासंघले त्यतिबेला प्रेस स्वतन्त्रताको लागि,लोकतन्त्रको लागि,नागरिकको अधिकार सुरक्षित गर्नको लागि सृजनागर्ने त्यो आन्दोलनको अग्रमोर्चामा सैब पत्रकार उभिनुपर्ने उपाध्यक्ष पोखरेलले बताए । ‘यदी सरकारले नियन्त्रणमुखी कानुन ल्याउन लाग्यो भने हामी जतिबेलापनि आन्दोलन गर्नुपर्छ भन्ने मानसिकताका साथ तयार रहनुहोला,’ – उपाध्यक्ष पोखरेलले भने । यद्यपी जननिर्वाचित सरकार र संसदले नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने ढंगको कानुन ल्याउने छैन विश्वास उनले व्यक्त गरे । ‘जुनदिन विश्वास त्यो मर्छ वा राज्यले मार्ने प्रयास गर्छ त्यतिबेला आन्दोलनको ज्वारभाटा उत्पन्न गर्ने अवस्था आउने छ,’ उपाध्यक्ष पोखरेलले भने ।

त्यस्तै उनले समाजमा पत्रकारको दर्जा उस्को कर्मकै कारण उच्च रहेको हुँदा त्यो विश्वास गुम्न नदिन आग्रह गरे । ‘समाजमा यो असल पत्रकार हो भन्ने छाप छोड्न जरुरी,’ उपाध्यक्ष पोखरेलले भने ‘पत्रकारिता गर्दागर्दै हामिले अतिरिक्त दायित्व वहन गर्न खोज्दा हाम्रो स्वतन्त्र पत्रकारको छवि गुम्न सक्छ ।’ स्वतन्त्र पत्रकारको छवि गुमेपछि र सत्य लेख्दैन भन्ने छवि गुमेपछि समाजले पत्रकारलाई पत्याउनै छोड्ने हुँदा समाजले पत्याउने पत्रकार बन्न उपाध्यक्ष पोखरेलले आग्रह गरेका छन् । ‘समाजले पत्याउने पत्रकार जहाँ हुन्छन् त्यहाँ रुपान्तरण गर्न योगदान गर्न सक्छ,’ पोखरेलले थपे ‘समाजले नपत्याउने पत्रकारले समाज रुपान्तरणमा फुटी कौडी बराबरको योगदान दिन सक्दैन।’ उनले आफ्नो विवेकले सही लागेको कुरा लेख्न आग्रह पनि गरे । कतैवाट गाईडेड र निर्दिसित भएर समाचर लेख्दा त्यो पत्रकारले समाजको लागि भन्दा निश्चित स्वार्थ समुहका लागि मात्रै हुने उनले बताए ।

त्यस्तै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनको संग जोडेर पत्रकारका बारेमा सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पनीलाई पत्रकार माथिको सामाजिक नजरको रुपमा लिदै त्यसलाई आत्मसाथ गर्दै आँफुलाई सच्याउँदै लैजान आग्रह गरे । ‘त्यो घटनामा म थिएन भन्ने भावना हामीले नपालौं । समाजले नरुचाउने विषयमा जाने र नजानेर गर्ने कार्यमा हामीमाथि पनि समाजले औंला उठाउन पाउनु पर्छ भन्ने विधिको विकास गरौं,’ उनले भने । पत्रकार महासंघले लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाको लागि अग्रमोर्चामा रहेर नेतृत्व गर्ने भन्दै उनले नेपाल प्रेस यूनियन पनि महासंघको एउटा बलियो तथा प्रतिवद्ध सहयोगीको रुपमा लिने गरेको उनले चर्चा गरे । उनले अन्ने आस्थाका संगठनहरु पनि संगैसंगै हिड्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अको¥यावका उपाध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस यूनियनकी केन्द्रीय सदस्य सूलोचना गौतम, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदी लगाएतका बक्ताहरुले समाजलाई सही सूचना प्रवाह गर्नु हरेक पत्रकारको दायित्व भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *