२०८३ जेष्ठ ३१ गते आइतवार

व्यावसायि र गाऊपालिकाका पदाधिकारी विच छलफल


दाङ, ९ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा मकवानपुर उद्योग वाणिज्य संघ एवम गढीगाऊपालिका पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रम गरिएको छ । जिल्लाको अध्ययन भ्रमणमा आएको टोली संग व्यवसायिक विकास तथा पर्यटकीय विकासका वारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा वोल्दै गढीगाऊपालिकाका अध्यक्ष विदुर हुमागाइले स्थानिय सरकार निजी क्षेत्र संग सहकार्य गरेर अगाडि वढने बताए । स्थानिय सरकार र निजी क्षेत्र मिलेर अगाडि वढेमा विकासमा सहजता हुने उनको भनाइ छ । कृषि र पर्यटन क्षेत्रको विकास गरि विदेशीने युवाहरु लाइ यही रोजगार प्रदान गर्ने लाग्नु पर्ने बताए ।

यसका लागि आफुले आफनो तर्फ वाट कार्य गरेको समेत बताए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवालले निजी क्षेत्र र सरकारी क्षेत्र विच सहकार्य गरेर विकास गर्ने सकिने बताए । त्यसै अनुसार नै आफुहरु सरकार संग सहकार्य गरेर अगाडि वढने बताए । खास गरि कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्ने आवस्यक रहेको उनको भनाइ रहेको छ ।

उत्पादन वढाउन कृषिको आधुनिकरण र व्यवसायिकरण गर्ने जरुरी रहेको बताए । कृषि क्षेत्रमा गरिएका नया थालनिका वारेमा अध्ययन गर्ने गाऊपालिका पदाधिकारी र व्यवसायिहरु आएको बताए । घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले आन्तरिक अध्ययन भ्रमणले प्रचार प्रसारमा सहयोग पुग्ने बताए । जसले गर्दा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको विकासमा सहयोग पुग्ने गरेको बताए ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका पुर्व अध्यक्ष चन्दराज पन्तले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

ड्रागन फ्रुटको  अवलोकन
तुलसीपुर उप महानगरपालिका वडा नं १८ विजौरीमा गरिएको ड्रागन खेतीको अवलोलन गरेको छ । जिल्लामा कृषि क्षेत्रमा नया अध्यास थालिएको भन्दै यसको अध्ययनका लागि हेटौडा वाट व्यवसायि तथा गाऊपालिकाको टोली अध्ययनका लागि आएको थियो । अध्ययन पछि आफुहरु आफनो क्षेत्रमा पनि यसप्रकारको खेती गर्ने सोचमा रहेको समेत उनीहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *