२०८३ जेष्ठ ३१ गते आइतवार

बबईले बनायो दाङमा पहिलो सरकारी सभाहल

राजेश खत्री,
दाङ, भदौ १ । दाङको पहिलो सरकारी सभाहल बबई गाउँपालिकाले निर्माण गरेको छ । जिल्लाका दश वटा स्थानीय तहहरु मध्य सबैभन्दा पश्चिमको बबई गाउँपालिकाले सबैभन्दा पहिले आफ्ना लागि बहुउदेश्य सभाहल निर्माण गरेको छ । पश्चिममा सुर्खेत, दक्षिणमा बाँके र उत्तरमा सल्यान जिल्लासंग सीमाना जोडिएको बबई गाउँपालिकाले प्रदेश सरकारको झन्डै ६० लाख बाट सभाहल निर्माण गरेको हो । सभाहलको शनिवार ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

झन्डै ६० लाख लागतमा सुन्दर सभाहल निर्माण गरेको भन्दै मुख्य मन्त्री पोखरेलले बबई गाउँपालिकाको नेतृत्वलाई धन्यावाद दिए । ‘यो नै हालसम्म दाङमा निर्माण भएको पहिलो सरकारी सम्पत्ति हो । यस्ले स्थानीय सरकार र जनताको बीचको सम्वन्ध जीवन्त राख्न मद्दत गर्ने छ,’ मुख्य मन्त्रीले भने ।

बहुउदेश्य त्यो सभाहल कार्यक्रम गर्नको लागि मत्रै नभई अप्ठेरो पर्दा सबै जनताको ओत लाग्ने ठाउँका लागि पनि उपयोगी हुने उनले बताए ।

प्रदेश सरकारले पहिलो बार्षिक बजेटका माध्यमवाट अगाडि बढाएको कार्यक्रमहरु मध्य बबईको बहुउदश्य सभाहल एक भएको र त्यो सफलता पूर्वक निर्माण सम्पन्न भएको हुँदा विधिवत रुपमा उद्घाटन गर्न पाएको भदै उनले खुसी साटे ।

‘यो हललाई हामीले जनताको हलका रुपमा अगाडि बढाउन चाहेका हौं,’ मुख्य मन्त्री पोखरेलले भने ‘यो सभासमारोह हुँदा कार्यक्रम गर्ने र आपत विपत आइ लाग्यो भने जनता ओत लाग्ने ठाउँ हुनेछ । त्यसअर्थमा यो जनताको सम्पत्ति हो ।’ ६० लाख बजेट ठूलो बजेट नभएको तर्क गरेका उनले ४÷५ सय जना मान्छे अट्ने हल दाङमा हालसम्म कतै नभएको हुँदा बबईले पहिलो पटक बनाएर उदाहरण प्रस्तुत गरेको मुख्य मन्त्रीले बताए । उनले हापुरे बजारदेखि कार्यपालिका सम्म पुग्ने सडक कालोपत्रे कार्य गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको जानकारी दिए । शनिवार नै गाउँपालिकाको प्रशासनिक भवनको समेत सिलन्यास गरेको उनले त्यो पनि समयमै निर्माण कार्य पुरा हुने विश्वास व्यक्त गरे ।

जिल्लामा विकाश प्रेमी ठूला नेता भनाउँदाहरुको नाम लिने गरिएता पनि यसअघि सम्म जम्मा जम्मी दुईवटा मात्रै पुल बनेको भएपनि हाल विकाशले तीव्रता पाएको मुख्य मन्त्री पोखरेलले जिकिर गरे । उनले हाल एकैसाथ ५० वटा पुल निर्माण भइरहेको बताए । केही ठेकेदारको लापरवाहीले गर्दा काममा विलम्व भएको भन्दै उनले त्यस्ता ठेकेदारलाई कारवाही गर्ने गरि कानुन बनाउन लागेको बताए । उनले आगामी तीन वर्ष भित्र प्रदेशका हरेक जिल्लाको विजुली बत्ति नपुगेको बस्तिमा सोलार ९० प्रतिसत अनुदानमा पु¥याउने लक्ष्य रहेको बताए । उनले त्यसका लागि प्रतिवेदन तयार पार्न आग्रह गरे । त्यस्तै उनले खानेपानीको सवालमा पनि प्रदेशले लगानी गर्ने बताए । तीन बर्ष भित्रमा प्रदेशका सबै घरमा खरका छाना विस्थापित गर्ने उदेश्य पनि उलने सुनाए । माडीको पानी दाङमा झारेर सिंचाईको प्रवन्ध गर्ने सपना सार्थक हुन लागेको भन्दै उनले खुसी साटे ।

लमही–कपुरकोट र अमेलिया–तुलसीपुर सडक खण्डको स्तरउन्नती तथा फोर लेनको सडकमा विस्तार हुन थालेको उनले बताए । पहिला विकाश गर्न पैंशाको अभाव हुने गरेको प्रशंग उल्लेख गर्दै उनले हाल आँफुले विकाशका लागि गर्न सक्ने जति बजेट पनि माग्न आए दिने प्रतिवद्धता जाहेर गरे । ‘पैंशाका कारण कतैपनि विकाश रोकिन पाउने छैन । त्यसको जिम्मा म लिन्छु,’ उनले भने ।

फरक प्रशंगमा उनले मंसिरमा हुने उपनिर्वाचनमा माननिय स्वर्गिय उत्तरकुमार वलीका अधुराकामलाई पुरागर्ने उत्तराधिकारीलाई विजयी बनाउन अपिल गरे । नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा प्रदेश इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले जनताको भावनालाई सम्मान गर्दै उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने बताए ।

बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई पोखरेल पत्नि तथा प्रतिनिनिधसभा सांसद सुजिता शाक्य, प्रदेश सांसद धमकली चौधरी, नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेकपा जिल्ला सचिव तुलसीराम पुन (सुवाश), जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपाली, तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, नेकपा बबई गाउँपालिकका अध्यक्ष जितबहादुर नेपाली, नेपाली काँग्रेस हापुरे इकाई सभापति बलबहादुर बुढा लगाएले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *