२०८३ बैशाख १२ गते शनिवार

चुन ढुङ्गा उत्खननका विरुद्ध जनमोर्चाको खवरदारी


दाङ, साउन २३ । बंगलाचुली गाउँपालिका वडा नं. ६ तिमिलेका स्थानीय जनताहरुले जिल्ला प्रसासन कार्यक्रम दाङमा ज्ञापनपत्र बुझाएका छ्न । चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समितिको नेतृत्वमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले यो विषयमा सिमेन्ट उधोग र गाउँपालिकासंग कुरागर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्रमा चुन ढुङ्गा उत्खनन तयारी भएको खबर सुनेपछि त्यो रोक्न माग गर्दैै ज्ञापन पत्र बुझाएका हुन ।

उत्खनले दाङको उत्तर तर्फ वाटर बैंकको रुपमा रहेको महाभार पाहाड खलबलिने र त्यसले भविस्यमा जिल्लामा पानीको ठूलो संकट उत्पन्न हुने स्थानीयले चिन्ता जाहेर गरेका छन् । ज्ञापन पत्रमा पानीका मुहान सुक्ने, वन बिनास हुने र जिल्ला नै सुख्खा बन्ने कुरा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउनु अघि गाउँमा स्थानीयहरुको बृहत भेला गरि चुन ढुङ्गा उत्खनन हुन नदिनको लागि भएको निर्णय प्रतिलिपी पनि ज्ञापनपत्रको साथै बुझाइएको छ ।

ज्ञापन पत्रमा संघर्स समितिका अध्यक्ष शोभाराम ओली र सचिब बुद्धिराम खत्रीको हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझाउँदा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य,सदस्य खडानन्द खनाल र अखिल छैठौंका जिल्ला सदस्य लक्ष्मण बिकको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *