२०८३ असार १३ गते शनिवार

रोल्पा आईटिएफ तेक्वान्दोको बर्ष उत्कृष्ट शाखा


दाङ, साउन २३ । आईटिएफ तेक्वान्दोको रोल्पा शाखा बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २२ औँ केन्द्रीय बार्षिक उत्सवका रुपमा बुधवार काठमाडाँैमा आईटिएफ तेक्वान्दोको रोल्पा शाखा बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको अध्यक्षता तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले ‘वेष्ट एशोसियशन अवार्ड अफ इयर–२०१९’ बाट रोल्पा जिल्ला शाखाका अध्यक्ष समेत रहेका नेपाल आईटिएफ तेक्वान्दो महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष बिक्रम बाठामगरलाई अवार्ड प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा आईटिएफ तेक्वान्दोको बर्ष उत्कृष्ठ महिला खेलाडीका रुपमा गुल्मी जिल्लाकी सविना श्रेष्ठ र पुरुष खेलाडीका रुपमा एपिएफका गोविन्द खत्री पुरुस्कृत भएका थिए ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *