२०८३ मङ्सिर ११ गते बिहिवार

काँग्रेस लुम्बिनी प्रदेश महामन्त्रीमा मेरो उम्मेदवारी रहन्छ – बिपुल पोखरेल


तुलसीपुर, मंसिर १० ।


नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिपुल पोखरेल नेपाली काँग्रेस लुम्बिनी प्रदेशको महामन्त्रीमा भिड्ने भएका छन् ।
उनी यसअघि दाङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।


आगामी पुसमा हुने भनिएको पार्टीेको प्रदेश अधिबेशनमा आँफुले महामन्त्री पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका छन् ।
लामो सयमको पत्रकारिताको यात्रा बाट औपचारिक रुपमा बिदा लिएपछि आँफुले काँग्रेसको हकहितका लागि काम गर्ने योजनाका साथ राजनीतिमा प्रबेश गरेको उनले बताए ।

त्यस्तै प्रदेश सभापतिका संभावितका लागि बिभिन्न नेताहरुले आकाँक्षा ब्यक्त गरेका छन् ।
हालका प्रदेश उपसभापति द्धय दाङका राजु खनाल र गुल्मीका भुवन श्रेष्ठ सभापति पदको आकाँक्षी छन् ।
त्यस्तै हालका प्रदेश महामन्त्री कपिलबस्तुका सुरेन्द्र आचार्यले पनि आँफुलाई सभापतिको उम्मेदवारीका रुपमा प्रस्तुत गर्दै आइ रहेका छन् ।
पाल्पाका वीरबहादुर रानासहित अन्य केही नेताहरुले पनि सभापति पदमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *