
प्रदेश सभापतिमा रोज राणाको चर्चा
तुलसीपुर , मंसिर ७ ।
नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशको अधिबेशन सोमबार दाङको भालुवाङस्थित होटेल पौवामा हुँदै छ ।
यो अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्ने छ । लुम्बिनी प्रदेशका संयोजक दाङका नेता गेहेन्द्र गिरीले सर्वसम्मत नेतृत्व चयन हुने बताए ।
गिरी आँफुले प्रदेशमा नभइ केन्द्रीय सहमहान्त्री पदका लागि आकाँक्षा ब्यक्त गरेका छन् । यो समुहको लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) बन्ने लगभग सहमति भइ सकेको बताइन्छ ।
प्रदेशका १२ वटै जिल्लाका सभापतिहरु रोजलाई प्रदेशसभापति बनाउन सहमत भइ सकेको स्रोतले बतायो । प्रदेशका १२ वटै जिल्लाबाट कम्तिमा ५ जना प्रदेश समितिमा पर्ने गरि पदहरु बाँडफाँडको तयारी गरिएको स्रोतले बतायो । कुल ११५ जनाको कार्यसमिति सोमबारको अधिवेशनले चयन गर्ने जानकारी दिइएको छ ।
दाङका बमबहादुर डिसी र रोल्पाका दुर्गा खड्का प्रदेश महामन्त्री बन्ने चर्चा छ । बाँकेकी माया पुनलाई उपसभापति बनाउने तयारी भइ रहेको छ ।
यी बाहेक बाँकी पदाधिकारी र प्रदेश समिति सदस्यमहरुमा पनि लगभग सहमति जुटि सकेको स्रोतले बताएको छ ।
लुम्बिनी प्रदेशका पूर्व प्रधानमन्त्रीसमेत रहेका रोज राणा देउवाका विश्वास पात्र मध्यका एक हुन । जस्ले अघिल्लो पटक पार्टीको टिकेट पाएपछि ३१ बर्षपछि प्यूठानमा प्रदेशसभामा जितेर काँग्रेसको झण्डा फहराएका थिए । तर, गत फागुन २१ को निर्वाचनमा भने प्यूठानमा प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) ले जितेको थियो ।
यो प्रदेशमा काँग्रेसका २७ सांसदहरु रोज राणा संगै बाँकेकी समानुपातिक सांसद माया पुन, मिनाकुमारी शिद्धिकीपनि र नवलपरासी पश्चिमका देवकर्णप्रशाद कलवार मात्रै छन् ।
यी चार जना बाहेक लुम्बिनीमा काँग्रेसका जम्मै सांसद पार्टीको संस्थापन पक्षमा छन् । देउवा समुहका अर्का विश्वास पात्र मानिने पूर्व मुख्यमन्त्री तथा काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पार्टीको संस्थापन पक्षबाट महाविबेशन प्रतिनिधि चयन भइ सकेका छन् । चौधरीले पार्टी नछोडेपनि अव उपरान्त आँफु काँग्रेसको सक्रिय राजनीतिमा नरहने तथा आउने कुनैपनि निर्वाचनमा नभिड्ने कुरा बताउँदै आएका छन् ।
फेरि उनले पहिले जस्तै समाजिक कार्य गर्ने तथा आफ्नो आइएनजियो ब्याकवार्ड सोसाइटी (बेस) को काममा केन्द्रित हुने तथा त्यसैमार्फत समाज बिकासको काम गर्ने चाहाना ब्यक्त गर्दै आइ रहेका छन् ।
भालुवाङमा हुने अधिवेशनलाई सम्बोधन गर्न शेरबहादुर देउवा, सशांका कोईराला लगाएतका नेताहरु दाङ आउने जानकारी दिइएको छ ।
