२०८३ मङ्सिर ४ गते बिहिवार

आइजिपीबाट हटाइएका कार्कीको रिटमाथि आज सर्बौच्चमा सुनुवाई हुँदै


दाङ, मंसिर २ ।


आइजिपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वौच्च अदालतमा बुधबार सुनुवाइ हुन थालेको छ ।

रिट निबेदन माथि सर्बौच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

आँफुलाई प्रहरी प्रमुख बाट हटाउने निर्णय बिरुद्ध कार्कीले कात्तिक २० गते अदालतमा रिट दायर गरेका थिए । जस्को सुनुवाइका लागि सोमबार पेसी तोकिएको थियो । तर, छठ पर्वका कारण बिदा भएपछि त्यो प्रभावित भएको थियो ।
कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रमुख कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको थियो । त्यसपछि कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्ति लिएनन् । बरु सरकारको निर्णयविरुद्ध अदालत पुगेका हुन ।
कार्कीले आफूलाई आइजिपी पदबाट हटाउने निर्णय संविधान, कानुन र सर्वौच्च अदालतका नजिरविपरीत रहेको रिटमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *