दाङ, कार्तिक २६ ।
रुपन्देही प्रहरीले भैलोमा अश्लिल नृत्य पर्दशन गरेको आरोपमा दूई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका – ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेको रुपन्देहीका प्रहरी प्रबक्ता डिएसपी कुष्णकुमार चन्दले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका – १० महिलावार बजारबाट मध्य राति ती दुई जनालाइ नियन्त्रणमा लिइएको थियो ।
सार्वजनिक स्थानमा देउसी–भैलो कार्यक्रममा अश्लिल नृत्य पर्दशनको आरोपमा उनीहरुलाई मध्य राति नियन्त्रणमा लिइएको थियो ।
नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिनु परेको जनाएको छ । प्रहरीले पक्राउ परेका दुबै जना बिरुद्ध ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुर’मा अनुसन्धान भइ रहेको जनाएको छ ।
प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेहरु कारवाहीको भागिदार हुने हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्य राति नियन्त्रणमा लिएको थियो ।
