तुलसीपुर, कात्तिक २४ ।
तुलसीपुरका एक जना बालकको राप्ती नदीमा डुबेर मंगलबार मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका ६ वर्षीय किसन डाँगीको नुहाउने क्रममा राप्ती नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले बताए ।
किसन खडकसिंह डाँगीका छोरा हुन । खड्कसिंह प्रहरी हवल्दार हुन । उनी हवल्दार डाँगी बिपद ब्यबस्थापन गुल्म तुलसीपुरमा कार्यरत छन् ।
किसन तिहारको अवशरमा आमा संगै राजपुर गाउँपालिका –७ हाटबासस्थित मामाको घरमा गएका थिए ।
त्यहीबाट उनी अन्य बालकहरु संगै राप्ती नदीमा नुहाउन भनेर गएका थिए । पौडी खेल्न भनेर पसेका बालक किसनलाई राप्ती नदीबाट अचेत अवस्थामा उद्धार गरि लमही अस्पताल पुर्याइएको थियो ।
चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए । किसनको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
