२०८३ कार्तिक २० गते बिहिवार

पूर्व शिक्षक डाँगी पहिला अटोमा ठोक्किर लडेका बेला पिकअपले ठक्कर दिएपछि बिते


तुलसीपुर, कात्तिक १९ ।


तुलसीपुरमा बुधबार बेलुकी सडक किनारमा रोकेर राखेको अटोमा मोटरसाइकल ठोक्किर चालक सडकमा लडेपछि उनलाई पिकअपले ठक्कर दिएपछि मृत्यु भएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पिकअपको ठक्करबाट बबइ गाउँपालिका – ६ का ५८ बर्षीय हिमबहादुर डाँगीको मृत्यु भएको हो । उनी पूर्व शिक्षक हुन ।
तुलसीपुरबाट बबइस्थित घर तर्फ जादै गरेको डाँगी सवार रा ६ प ५७८७ नम्बरको मोटरसाइकल सुरुमा सडक छेउमा रोकिएको रा १ ह ३८७९ नम्बरबो अटोमा पछाडीको भागमा ठोक्किएको थियो ।


दुर्घटना पछि सडकमा पल्टिएका डाँगीलाइ विपरित दिशाबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ४ च ६१३ नम्मरको पिकअपले टाउको तथा अनुहारको भागमा ठक्कर दिएको थियो । बेलुकी करिब साढे ६ बजेतिर भएको त्यो दुर्घटनाका गम्भीर घाइते डाँगीलाई तत्कालै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइ चेकजाँच पछि बेलुकी ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रहरीले पिकअप चालक बबइ गाँउपालिका – ४ का ३३ बर्षीय दुर्गाप्रसाद विक र अटो चालक दंगीशरण गाउँपालिका – ५ सलौराका ३२ बर्षीय हेमन्त कुशमलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ ।
घटना बारे आवश्यक अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

बिहीबार शवको पोष्टमार्टम पछि आफन्तले बुझेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
आफन्तले पिकअप चालकका साथै अटो चालकका बिरुद्धपनि जाहेरी दिएका छन् । यद्यपी अटो चालकको भने कुनैपनि गल्ती नदेखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *