
दाङ, कात्तिक १६ ।
नबिल बैंक तेस्रो नेपालगंज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको ‘सगरमाथा स्वीमिङ क्लब’ले जितेको छ ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा बाँकेको नेपालगंज स्वीमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
दोस्र्रो नेपालगंज राष्ट्रिय पौडी प्रतियोगिताकोे उपाधि पनि सगरमाथाले नै जितेको थियो ।
प्रतियोगितामा नयाँ दिल्ली भारतको ‘इलाइट स्वीमिङ एकेडेमी’ले १७४ स्कोरका साथ दृतिय बन्न सफल भयो भने बाँके कोहलपुरको ‘शिखा एकेडेमी’ले ९५ स्कोर प्राप्त गर्दै तृतिय स्थान हासिल गरेको हो ।
प्रतियोगिता अन्तर्गत ललितपुरको ‘जेम्स स्कुल’ ५९ स्कोरसहित चौथो, भारत लखनउको ‘ला मार्टिनेयर गल्र्स कलेज’ ३३ अंकसहित पाँचांै, कोशी प्रदेश २३ अंकसहित छैठौं र १८ अंकसहित ‘रातो बंगला स्कुल ललितपुर’ सातौं स्थानमा परेका थिए ।
प्रतियोगितामा पुरुष र महिला सर्वौत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । ७ वटा स्वर्ण जितेर पुरुष तर्फ निभान समन अवाले र १० वटा जितेर राइजा अवाले सर्बौउत्कृष्ट बने ।
उनीहरुलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयां ५५ पैंसा प्रदान गरिएको थियो ।
अण्डर ८ का खेलाडी कौतिक शर्मा ‘रातो बंगला स्कुल ललितपुर’ र ‘विधि नेपाल मेम्पल क्यानेडियन स्कुल’लाई इमर्जिङ खेलाडीको रुपमा सम्मानित भए ।

विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पाटर्नर डर्मा अर्थका जीवन धमला, नेपालगंज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी लगायतले ट्रफी, मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टा छुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडीहरु सहभागी थिए ।

