
तुलसीपुर , कात्तिक १५ ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ ।
शनिबार तुलसीपुरमा भएको समाजको २९औं साधारणसभावाट अमृतकाजी शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा समाजको शाखा गठन गरिएको छ ।
जस्को उपसभापतिमा माधव बस्नेत, सचिवमा मधुसुदन गौतम, सहसचिवमा ओदबहादुर भण्डारी (गणेश) र कोषाध्यक्षमा नारायणीकुमारी वली रहेका छन् ।
त्यस्तै समाजको सदस्यमा टेकप्रकाश केसी, बमकुमारी खड्का, रजनी शाह, भीमकुमारी सुनार, मदनकुमार केसी र विष्णुबहादुर केसीपनि सर्वसम्मत रुपमा चयन गरिएका हुन ।
समाजको २९औँ साधारण सभा यसअघिका सभापति कोमल डिसीको अध्यक्षता र तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।
समाज हरेक नागरिकको मानव अधिकारको पक्षपोषण गर्नुको साथै मुलुकमा विधिको शासनको वकालत गर्ने गैर नाफामुलक संस्थाहो ।
