२०८३ कार्तिक १७ गते सोमवार

राश्वपाले महानगर र उपमहानगरका वडामा उम्मेदवारी आवेदन खोल्यो

दाङ, कात्तिक १५ ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पद आवेदन खुला गर्ने निर्णय गरेको छ ।
पार्टी महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार बसेको बैठकले विभिन्न ती ठाउँका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको हो ।
साथै उस्ले इच्छुक तथा योग्य व्यक्तिहरूले ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन दिन आग्रह गरेको छ ।

त्यसका साथै बैठकले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठनपनि गरेको छ ।

गठित उपसमितिहरूमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा क्यान्डिडेट क्लब, सुशान्त वैदिकको संयोजकत्वमा प्रविधि उपसमिति, जनकसिंह धामीको संयोजकत्वमा गुनासो समन्वय उपसमिति , डा. तोशिमा कार्कीको संयोजकत्वमा समावेशिता तथा महिला सहभागिता, टासी ल्हाजोमको संयोजकत्वमा क्षमता विकास समन्वय, रहबर अन्सारीको संयोजकत्वमा व्यवस्थापन र मिलन लिम्बूको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *