२०८३ कार्तिक १४ गते शुक्रवार

आज सुनको मूल्य ३२ सयले घट्यो

दाङ , कात्तिक १३ ।

शुक्रबार सुन तोलामा तीन हजार दुई सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सुनको भाउ बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको थियो ।
त्यो दिन सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला एक सय पाँच रूपैयाँ घटेको छ ।
चाँदी आन तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी बिहीबार प्रतितोला तीन हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *