२०८३ कार्तिक ११ गते मङ्गलवार

एमालेबाट निर्वाचित वडाध्यक्षले आफ्नो कार्यकक्षमा प्रधामन्त्री बालेन संगै टाँगे काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको तस्बिर

तुलसीपुर, कात्तिक १० ।
दाङको घोराही उपमहानगरपालिका – ८ मा गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित वडाध्यक्ष जितेन्द्रबहादु्र शाहले मंगलबार आफ्नो कार्यकक्षमा प्रधामन्त्री बालेन्द्र शाह (बालेन) संगै नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको तस्बिरपनि टाँगेका छन् ।
कांग्रेसका स्वर्गिय नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको २०७४ साल चैत १६ गते भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । खुमबहादुर मृगौलाको समस्याबाट ग्रसित भइ उपचाररत थिए । त्यही क्रममा उनको भारतमा मृत्यु भएको थियो ।
उनै खुमबहादुरको तस्बिर वडाध्यक्ष शाहले प्रधामन्त्री शाह संगै मिलाएर टाँगेका छन् । उनले यसअघि प्रधानमन्त्री शाह र राष्ट्र निर्माता पृथ्बीनारायण शाहको तस्बिर मात्रै आफ्नो कार्यकक्षमा टाँगेका थिए ।
शाहले खुमबहादुर खड्का दाङको बिकास र दाङबासीको साहेताका लागि अति नै महत्वपूर्ण भूमिका खेलेको हुँदा आफ्नो लागि एक आदर्श ब्यक्ति भएको बताए ।
‘उहाँ काँग्रेसको भएपनि अप्ठेरोमा उहाँलाई भेट्न जाने को कोहीलाई उहाँले कहिलै निराश बनाउनु भएन,’ उनले भने ‘ दाङमा बिकासको रेखा कोर्णे र दँगालीलाई फेरि त्यति माया गर्ने नेता फेरि पाउन मुस्लिक छ जस्तो लाग्छ ।’
त्यही भएर स्वर्गिय नेता खुमबहादुरको सम्मानका लागि आँफुले मंगलबार नै फोटो ल्याएर कार्यकक्षमा राखेको शाहले बताए ।

स्वर्गिय नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको २०७४ साल चैत १६ गते भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । खुमबहादुर मृगौलाको समस्याबाट ग्रसित भइ उपचाररत थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *