दाङ, कार्तिक १ ।
रोल्पामा भएको अटो दुर्घटनामा परि दुई जना महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान १० बजेतिर तुलसीपुर घर्ती गाउँ भित्री सडक खण्ड अन्र्तगत माडी गाउँपालिका – १ चालाङमा घर्ती गाउँदेखि पेदीखोला तर्फ जाादै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकदेखि करिब ६०० मिटर मुनी खसेको थियो । त्यो दुर्घटनामा परि जिल्लाको माडी गाउँपािलका – १ घोर्नेटीकी ३२ बर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ बर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार भण्डारीलाई स्मृती अस्पताल घर्ती गाउँका चिकित्सकले चेकजााच पछि बिहान साढे ११ बजेतिर मृत घोषणा गरेका थिए ।
त्यस्तै गम्भीर घाइते मगरको थप उपचारका लागि दाङ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए ।
अटो चालक माडी – ३ तालाबाङका ४७ बर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा छन् ।
यो घटना बिहान १० बजेतिर भएपनित इलाका प्रहरी कार्यालय घर्ती गाउँले सवा १० बजेतिर मात्रै खबर पाएको थियो ।
त्यसपछि इप्रका घर्ती गाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरि स्मृती अस्पताल घर्ती गाउँमा पुर्याएको थियो ।
प्रहरीका अनुसार अटोमा चालकसहित तीन जना मात्रै सवार थिए । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
