
दाङ, असोज २७ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार माथि राश्वपाले छानविन गर्ने भएको छ ।
सुनारले फोनमार्फत महिलामाथि दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएपछि राश्वपाले छानबिन गर्ने भएको हो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति मार्फत केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
साथै सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ ।
सार्वजनिक अडियोमा सुनारले ती महिलामाथि तुच्छ शब्द प्रयोग गर्दै दुव्र्यवहार गर्नुका साथै धम्की दि दिएका छन् । जस्मा उनले लेनदेनको कुरापनि गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
