२०८३ असोज २० गते मङ्गलवार

अनुराग खड्का केन्द्रीय सदस्यमा भिड्ने

दाङ, असोज २० ।

लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का युवा तर्फ केन्द्रीय सदस्य पदमा भिड्ने भएका छन् ।

अनुराग नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनमा युवा तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
अनुराग गत बर्ष पुसमा काठमाडौंमा भएको बिषेश महाधिवेशनमा सहभागी भएका थिए ।
२८ बर्षको छँदा अनुराग २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचनमा दाङको क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । जतिखेर उनी लुम्बिनी प्रदेश सभाकै सबैभन्दा कम उमेरका थिए ।

नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका पुत्र अनुराग आफ्नो बुवाको शेषपछि काँग्रेस राजनीतिमा होमिएका थिए । जस्ले १४औँ महाधिवेशनमा आफ्नो क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरि निर्वाचित भएका थिए ।
१५औँ महाधिवेशनका लागि पनि अनुरागले ६६१ मत प्राप्त गरि निर्वाचित भएका थिए । बुवाको राजनीतिक बिरासतका साथै उनी आफ्नै क्षमताका कारणपनि युवा माझ लोकप्रिय छन् ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *