२०८३ असोज १२ गते सोमवार

काँग्रेस दाङ क्षेत्र नं. ३ को सभापतिमा क–कस्को नाम चर्चामा छ ?


तुलसीपुर, असोज १२ ।


नेपाली काँग्रेसको १५औं महाधिबेशन अन्तर्गत मंगलबार संघीय तथा प्रदेश सभापतिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि चुन्न निर्वाचन हुँदै छ ।
दाङ क्षेत्र नं. ३ मा काँग्रेस भित्रको उल्लेखित नेतृत्व चुन्न झन्डै १ हजार २ सय जति मतदाताले मताधिकार पाएका छन् ।

दाङ क्षेत्र नं. ३ को संघीय सभापति पदका लागि हालसम्म आधा दर्जन बढी जतिको नाम चर्चामा छ । हाल दाङ क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, नेता सुरेन्द्रबहादुर खड्का, नेता किरण शाह, नेता कुमार लामिछाने र तुलसीपुर वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल लगाएतले सभापति पदमा उम्मेदवारी दिने चर्चा छ ।


यद्यपी दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको समय तोकिएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास बिफल भएपछि अब काँग्रेस जन निर्वाचन मार्फत नेतृत्व चयन गर्ने बिकल्पमा होमिन थालेका छन् । सम्भावित उम्मेदवारहरुले आ–आफ्नो पक्षमा मत माग्दै हिड्न थालेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *