अमृतकाजी शर्मा, तुलसीपुर, असोज ९ ।

भूमी प्रशासन कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख शान्त राज गौतमले गुनासो रहितको सेवा प्रवाहका लागि सबै कर्मचारी लाग्नु पर्ने बताएका छन् ।
नेपाल लेखापढी ब्यवसायी एसोसियशन इकाई समिति तुलसीपुरको १२ औं बार्षिक साधारण सभा शुक्रवार तुलसीपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले कार्यालय संग प्रयाप्त श्रोत साधन र कर्मचारीको जनशक्ती समेत नभएको हँुदा सेवाग्राहीले खोजेको जस्तो डेलिभरी अझै पनि राम्रो संग दिन नसकिएको भएपनि सुधारको प्रयास जारी रहेको बताए ।
कर्मचारी र लेखापढी व्यावसायीलाई समाजमा मानिसले हेर्ने दृस्टिकोण फरक रहेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि गौतमले राज्यले लेखापढी ब्यवसायीलाई पनि सम्मानित पेसाको रुपामा लिनु जरुरी रहेको जोड दिए ।
उनले भने ‘भुमि प्रशासन कार्यालयले राजस्व उठाइदिन्छ र स्थानीय तहमा राजस्व जम्मा हुन्छ तर, हाम्रो कार्यालयललाई बजेट नै हुदैन काम गर्नै समस्या छ ।’
साथै उनले भूमी प्रशासन कार्यालय बिचौलिया रहित बनाउन लेखापढी ब्यवसायी चनाखो हुनु पर्ने तर्क गरे । सेवाग्राहीको समस्या छिट छरितो ढंगबाट हल गर्न उनले आग्रह गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल लेखापढी ब्यवसायी एशोसियसन लुम्बिनी प्रदेश संयोजक हरिलाल पौडेलले जेन्जी आन्दोलन पछि अस्त ब्यस्त बनेका ईकाइ समितिहरु स्थापित र ब्यवस्थित गर्न सबै लाग्नुपर्ने बताए ।
सरकारले स्थानीय तहमा मालपोत लैजाने भन्ने कुरा सुन्नमा आइरहेको कारण लेखापढी व्यावसायी एक जुट हुनपर्ने उनले बताए ।
बारका प्रतिनिधि तथा अधिबक्ता बशन्त केसीले राज्यले ल्याएको नीति लेखापढी कानुन ब्यवसायीले अदालतवाट पुन ः नवीकरण गर्ने प्राबधान ल्याउनु सकारात्मक मान्नु पर्ने बताए ।
त्यसले लेखापढी व्यावसायिलाई सहज हुनुका साथै सुशासन स्थापना गर्न सहयोग पुग्ने र ब्यवसायीको आधिकारिक्ता पनि हुने बताए ।
कार्यक्रम नेपाल लेखापढी ब्यवसायी इकाइ समिति तुलसीपुरका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य समितिका सल्लाहकार सेवकराम आचार्यले गरेका थिए भने सहजीकरण सचिव तिलकराम शर्माले गरेका थिए ।
