२०८३ असोज ९ गते शुक्रवार

काँग्रेस घोराही सभापतिमा तिलक रावत निर्वाचित


तुलसीपुर, असोज ९ ।

नेपाली कांग्रेसको १५औं महाधिबेशन अन्तर्गत घोराही उपमहानगरको नेतृत्व चुन्न मतदान भएको छ । मतदान बाट सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । यसअघि पनि रावत नै सभापति थिए । राति अबेर प्राप्त मत परिणाम अनुसार घोराहीमा रावतसहित उनी नेतृत्वको पुरै प्यानल पदाधिकारीमा बिजयी भएको हो ।
सभापतिमा निर्वाचित रावतले ४४५ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिष्पर्धी प्रदीप मजगंैयाले २८८ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला उपसभापतिमा तारा कडेल आचार्य ४१० मत प्राप्त गरि बिजयी हुँदा प्रतिष्पर्धी भावना देवकोटा आचार्यले २९० मत प्राप्त गरेकी थिइन ।
खुल्ला उपसभापतिमा वसन्त जोशीले ३८५ मत प्राप्त गरि बिजय हासिल गर्दा टिकाकुमार श्रेष्ठले ३१४ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा सनत गिरी ३६३ मत प्राप्त गरि बिजयी हुँदा प्रतिष्पर्धी सन्तोष केसीले ३३७ मत प्राप्त गरे ।
सहसचिवमा भिमबहादुर बोहरा ३८३ मत प्राप्त गरि बिजयी हुँदा इन्द्रबहादुर वलीस्ले ३०१ मत प्राप्त गरेका थिए ।
कुल ७७६ मतदाता रहेकोमा ७६१ जनाले मतदान गरेका थिए । त्यसमध्य २० मत बदर भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *