
दाङ, असोज ८ ।
डोल्पाको जुफाल विमानस्थलमा बिहीबार बिहान सीता एयरको जहाज अवतरणका क्रममा एउटा चक्का नै छुट्टिएर बाहिर निस्किएको छ । यद्यपी प्लेनमा सवार सबै यात्रु भने सकुशल रहेका छन् ।
बिमान ठूलो दुर्घटनाको संभावित जोखिमबाट जोखिएको छ ।
बाँकेको नेपालगन्जबाट ७ बिदेशी र ६ नेपाली यात्रु बोकेर गएको सिता एयरको जहाज बिहान ८ ः २५ बजे अवतरणका क्रममा पछाडिको दाहिने तर्फको एउटा चक्का छुट्टिएर बाहिर निस्किएको थियो ।
कर्णाली प्रदेशका प्रबक्ता एसएसपी सन्तोषसिंह राठोरका अनुसार जहाज ठूलो संभावित जोखिमबाट जोखिएको थियो ।
जहाजमा ७ जना विदेशी तथा ६ जना नेपाली गरी १३ जना सवार थिए । जस्मा ११ पुरुष र २ जना महिला सवार थिए । उनीहरु सबै सकुशल रहेका छन् ।
यो घटना बारे थप अनुसन्धान हुने जनाइएको छ ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
