काँग्रेसको १५औं महाधिबेशन

तुलसीपुर , असोज ३ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न अधिवेशन बाट दाङ तुलसीपुरको केन्द्र मानिने वडा नं. ५ को वडा सभापतिमा मेघराज केसी सर्वसम्मत चयन भएका छन् । उनी पेशाले यातायात ब्यबसायी हुन । केसी यसअघि वडा नं. ५ को उपसभापति थिए ।
केसी नेतृत्वको वडा कार्यसमितिमा महिला उपसभापतिमा कमला कुसारी खत्री र लोकबहादुर केसी, सचिवमा महेन्द्र वली, सहसचिवमा पूर्णिमा शाह छन् ।
त्यस्तै खुल्ला सदस्यहरुमा शरणकुमार थापा, खुमी वली, भूमाकुमारी वली, झरना बुढा, लोकबहादुर दर्जी (दलित), गणेश गुप्ता, यमुना बटाला, नागरप्रशाद बैश्य, सुमन खड्का, अनिलकुमार कँवर रहेका छन् । वडा अधिवेशनले एक जना वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य १० जना निर्वाचित गरेको हो ।
निर्वाचित वडा कार्यसमिति मध्यबाट कुनै एक ब्यक्तिलाई वडा सभापतिले कोषाध्यक्ष मनोनीत गर्न पाउने ब्यबस्था छ ।
तुलसीपुर उृपमहानगरपालिका भित्र वडा नं. ५ र ६ बजार क्षेत्रका मुख्य वडाहरु हुन । अधिवेशनबाट वडा नं. ६ मा इन्द्रबहादुर बुढाथोकी वडा सभापतिमा निर्वाचित भएका छन् ।
तुलसीपुरका १९ वडामा को–को वडासभापति बने ? हेर्नुहोस –

वडा नं. १ – लिलाराम न्यौंपाने, वडा नं. २– भीमबहादुर वली, वडा नं. ३ – रेशम मल्ल, वडा नं. ४ – लिलाबहादुर खड्का, वडा नं. ५ – मेघराज केसी, वडा नं. ६ – इन्द्रबहादुर बुढाथोकी, वडा नं. ७ – जिवराज अधिकारी, वडा नं. ८ – ताराप्रशाद देवकोटा, वडा नं. ९ – महादेवनाथ योगी , वडा नं. १० – निमबहादुर खत्री, वडा नं. ११ – चिरिञ्जिबी भट्टराई, वडा नं. १२ – भरत गिरी, वडा नं. १३ – नुमानन्द रेग्मी, वडा नं. १४ – धनिराम चौधरी, वडा नं. १५ – कैलाश बुढाथोकी, वडा नं. १६ –उम्बिर केसी, वडा नं. १७ – दिल्लीबहादुर वली, वडा नं. १८ – बिदुर गौतम र वडा नं. १९ पदम वली सर्वसम्मत वडा सभापतिमा निर्वाचित भएका हुन ।

