२०८३ भाद्र २८ गते आइतवार

रुकुम जिप दुर्घटना – मृतक दुबै जनाको सनाखत

दाङ , भदौ २८ ।

रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनाका मृतक दुबै जनाको सनाखत भएको छ ।

दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएका चालक त्रिबेणी गाउँपालिका – १ रुँघाका अन्दाजी ३३ बर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका – ६ की अन्दाजी १६ बर्षीया किशोरी प्रेमकला पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनाका गम्भीर घाइते चार जनाको उद्धार गरि बाहिरी जिल्ला पठाउनका लागि हेलिकोप्टर मागिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले दुर्घटनाका थप ८ घाइतेको अवस्था मध्यम रहेको बताए । हालसम्म सबैको जिल्ला अस्पताल सल्लेमा उपचार जारी छ ।
डिएसपी पौडेलका अनुसार जिपमा कुल १३ जना सवार रहेको भन्ने खुलेको छ ।
आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप बोलेरो जिप भीरबाट झन्डै १०० मिटर मुनी खसेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *